अदालतमा डनहरुको यस्तो छ चलखेल

काठमाडौं, २१ वैशाख । मोस्ट वान्टेड सूचीमा रहेकै बेला डन गणेश लामाले अदालतमा उपस्थित भएर प्रहरीलाई जिल्याएका छन्।

अपहरण मुद्दामा फरार रहेका लामा भूमिगतरुपमा विशेष अदालत र ललितपुर जिल्ला अदालतमा आफूविरुद्धको मुद्दा मिलाउन सक्रिय छन्।

गत ११ चैतमा उनी गोप्यरुपमा अदालतमा उपस्थित भएर भूमिगत भएका हुन्। अदालतमा उपस्थित नहुँदा मुद्दा मिलाउन गाह्रो हुने भएपछि उनी प्रहरीलाई छक्याउँदै अदालतमा उपस्थित भएका हुन्। लेनलेन विवादमा ललितपुरका एक जग्गा दलाललाई घरमा बन्धन बनाई जबर्जस्ती कागज गरेको घटनामा लामा फरार छन्।

कुमार घैंटेलाई जस्तै प्रहरीले इन्काउन्टर गर्नसक्ने डरले उनी विदेशमा भागेका थिए। तर पछिल्लो समय उनी विजयकुमार गच्छेदारको आडका कारण काठमाडौंमा धाउन थालेको खबर दृष्टि साप्ताहिकले छापेको छ । कुमार घैंटेको इन्काउन्टरपछि अधिकांश समय भने उनी दुबईमा भागेका थिए।

लामा मात्र होइन सबै डनहरु विशेष अदालतमा चलखेलमा लागेका छन् । चलखेलकै कारण उनीहरुविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दाको पेशी पटक पटक सर्दै आएको छ । अदालतमा मुद्दाको सबै प्रक्रिया पूरा भइसके पनि उनीहरुको पेशी दुई महिनायता सरेको सर्यै छ।





Comments

comments

Leave a Reply

12288