Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लिस्बनमा भएको बिशाल र्‍यालीमा नेपालीहरु पनि…

सुनिल संगम / एचकेनेपाल डट कम –
लिस्बन- बिश्व मजदुर दिवसको उपलक्ष्यमा दिनको २.३० बजे देखि लिस्बनको मार्टिम मोनिज़ पार्कबाट सुरु भएको विशाल र्‍यालीमा गैरआबासीय नेपाली संघ पोर्चुगलको नेतृत्वमा सहभागी भै नेपाली आप्रवासीहरुले पनि आफ्ना आवाजहरु बुलन्द पारेका छन्।

र्‍यालीमा गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमल, उपाध्यक्ष सुनिल संगम, प्रबक्ता हेमराज सुबेदी, महिला संयोजक कला कोयु राई लगायत उत्साह जनक रुपमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सहभागिता रहेको थियो भने अन्य समुदायहरुले जस्तै नेपाली समुदायले पनि ब्यानर, बाजागाजा र नेपाली झण्डासहित आफ्ना समस्या तथा मागका आवाजहरु प्रष्ट्याएका थिए। अन्त्यमा अलमेदा पार्कमा पुगेर र्‍यालीको समापन भएको थियो।





Comments

comments

Leave a Reply

12291