Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अोलीको यहि बोलीले प्रचण्ड झुक्न बाध्य भएका थिए

काठमाडौं, राजीनामाका लागि कुनै मिति तोकेर सत्तामा बस्नुभन्दा अहिले नै राजीनामा गर्ने अडान लिएपछि प्रधानमन्त्री केपी ओलीको बोलीकै आधारमा एमाओवादी नेता पुष्पकमल दाहालले सत्ताको विद्रोह फिर्ता लिएको बुझिएको छ।

दाहालले कांग्रेसको समर्थनमा आफ्नै सरकारको नेतृत्व गर्ने र त्यसमा सहयोग पुर्याउन ओलीसँग आग्रह गरेपछि प्रधानमन्त्रीकै आग्रहमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बजेट पारित भएलगत्तै ओलीले राजीनामा गर्ने र एमालेकै प्रस्तावमा दाहाल प्रधानमन्त्री बन्ने प्रावधानसहितको तीनबुँदे सहमति मस्यौदा तयार गरेका थिए।

‘सहमतिको वातावरण बनाउनुस् म छोड्न तयार छु तर मिति तोकेर राजीनामा गर्छु भन्नु भन्दा अहिले बस्न लागेको मन्त्रपरिषदमा घोषणा गरिदिन्छु राजीनामा’ भन्दै ओली कड्किएपछि एमाले नेतात्रयले चिठी सार्वजनिक नगरी खल्तीमै मात्र राख्न सुझाव दिए। ‘चिठी खल्तीमा, हल्ला बजारमा? म मान्दिनँ’ भन्ने अडान ओलीले लिए। तर पछि दाहालले त्यसमा कुनै आपत्ति नजनाई समर्थन निरन्तरता दिने प्रतिबद्धता जनाएपछि सरकारको निरन्तरता सुनिश्चित भएको थियो। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12371