Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विरामी आमाको मन राख्न सलमानले छिट्टै विहे गर्ने

भारतीय अनलाइनका समाचारलाई मान्ने हो भने बलिउड स्टार सलमान खानले सन् २०१६ भित्रै विवाह गर्नेछन्।

भारतको ‘लिडिङ वेबसाइट’ भास्करडटकमले विभिन्न स्रोतलाई उद्धृत गर्दै यो समाचार बनाएको छ। र, उनकी बेहुली रोमानियाकी मोडल लुलिया वन्तुर बन्ने निश्चित भइसकेको पनि समाचारमा छ।

समाचारमा सलमानले यही वर्ष विवाह गर्ने निर्णय गर्नुको कारण आमा सलमा बिरामी हुनुभएको बताइएको छ। आमाले सलमानले घर बसाओस् भन्ने चाहेकाले यस्तो कुरा आएको समाचारमा उल्लेख छ। यसअघि पनि बारम्बार लुलिया–सलमानको सम्बन्धबारे समाचार आइरहन्थे । तर, उनीहरूको सम्बन्ध मात्र होइन, विवाहबारे केही समययता सलमानले केही भनेका छैनन्। नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12356