हङकङ प्रहरीले आफैलाई गोली हाने

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ अगष्ट। चुन वान जिल्लामा कार्यरत ५१ वर्षीय प्रहरी अधिकारीको सोमवार मृत्यु भएको छ।

-

चुन वानको मुक मिन हा चुन नजिकै भूइमा लडिरहेको अवस्थामा पुरुष प्रहरी अधिकारी भेटिएका थिए।

उनको छेउमा प्रहरीको बन्दुक भेटिएको थियो, र उसलाई बन्दुकको गोली लागेको थियो। उनलाई तुरुन्तै चुन वान यान चाइ अस्पताल लगिएको थियो तर पछि उनलाई मृत घोषित गरिएको थियो।

मृतकले सुसाइड नोट छोडेको र कामको समस्या र कामको दबाबका कारण आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

घटनाबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

आत्महत्या रोकथाम हेल्पलाइन:
हटलाइन (बहुभाषी): 2896 000





Comments

comments

123782