चीनको ओलम्पिक प्रतिनिधिमण्डलले हङकङको भ्रमण गर्ने

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ अगष्ट। मेनल्याण्डको ओलम्पिक प्रतिनिधिमण्डलले हङकङको भ्रमण गर्ने भएको छ।

स्रोतका अनुसार चिनियाँ मुख्य भूमिको पेरिस ओलम्पिक प्रतिनिधिमण्डलले यस महिनाको अन्त्यसम्म हङकङको भ्रमण गर्नेछन् र हङकङका फ्यानहरूलाई मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन्।

हङकङ एसएआर सरकारले अगस्टको अन्त्यमा चिनियाँ खेलाडीहरूलाई तीन दिनको लागि शहर भ्रमण गर्न निम्तो दिएको थियो।

नागरिकहरूले उनीहरूलाई व्यक्तिगत रूपमा भेट्न र एथलीटहरूको खेल कौशल हेर्न पाउने छन्।

सन् १९९७ मा हङकङ मातृभूमि चीनमा फर्किएदेखि त्यहाँका ओलम्पिक खेलाडीहरूले खेलकुदको प्रत्येक संस्करणपछि हङकङ भ्रमण गर्ने परम्परा बनेको छ।

चीनको मुख्य भूमिबाट टोकियो ओलम्पिक पदक विजेताहरूको २९ सदस्यीय प्रतिनिधिमण्डलले पछिल्लो पटक डिसेम्बर ३ देखि ५ सम्म हङकङको भ्रमण गरेको थियो, जसमा टेबलटेनिस लिजेन्ड मा लङ, सुपरस्टार स्प्रिन्टर सु बिङटियान र साइक्लिस्ट झोङ तियान्शी पनि थिए।

तीन दिनको सहर बसाईपछि प्रतिनिधिमण्डलले मकाउको पनि भ्रमण गर्ने बताइएको छ। हङकङ ओलम्पियनहरूलाई समर्पित एक उत्सव कार्यक्रम पनि चिनियाँ खेलाडीहरूको भ्रमणको एक हप्ता अघि आयोजना गरिनेछ।

द स्टान्डर्डबाट





Comments

comments

123775