Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘भारतको ग्रान्ड डिजाइनमा फसियो’

एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकारु गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन्।

भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपुर्याएको भन्दै त्यस्तो आरोप लगाएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

गम्भीर प्रकृतिका बिषयमा पार्टीभित्र गहन छलफल नहुदाँ यस्तो हुने गरेको उनले बताए। ‘भारतको ग्रान्ड डिजाइनमा शेरबहादुर देउवामार्फत हाम्रो पार्टी नेतृत्व फसेको हो’ उनले भने।





Comments

comments

Leave a Reply

12389