Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसकारण दिल्लीमा टिक्दैनन् नेपाली राजदूत

सरकारले भारतका लायि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

चार वर्षमध्ये एक वर्ष ५ दिन मात्र कार्यकाल बित्दा उनीमाथि सरकारले विभिन्न आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको हो।

यसरी विभिन्न आरोप लगाउँदै फिर्ता बोलाईका उपाध्याय पहिलो राजदूत भने होइनन्। नागरिक दैनिकमा खबर छ। २०४६ यता भारतका लागि राजदूत नियुक्त नौ जनामध्ये आफ्नो कार्यकाल पूरा नगरी फिर्ता बोलाईका उपाध्याय आठौं राजदूत हुन्।

आखिर किन राजदूत फिर्ता बोलाइन्छ ?

प्राय सबै राजनीतिक दल भारतसँगको सम्बन्धलाई अन्य देशसँग तुलना गर्न नमिल्ने जनाउँदै उच्च प्राथमिकतामा राखेको बताउँछन्। तर सरकार फेरिने लगत्तै अघिल्लो सरकारले नियुक्त गरेका राजदूत भारतबाट फिर्ता बोलाउँछन्।

२०४६ को राजनीतिक परिवर्तनपछि सरकार निर्माणमा जुन अस्थिरता ब्याप्त रह्यो, त्यसको प्रत्यक्ष प्रभाव भारतका लागि नियुक्त राजदूतमा पनि देखिएको छ।





Comments

comments

Leave a Reply

12406