Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

५ दिनसम्म विश्वव्यापी बुद्धजयन्ती मनाउन अपिल

एचकेनेपाल डट कम संवाददाता –
महामानव गौतम बुद्धको २५६० औं जन्मजयन्ती विभिन्न कार्यक्रमसहित ५ दिनसम्म मनाउन नेपाली साझा मञ्चले देशविदेशमा रहेका नेपालीहरुलाई अपिल गरेको छ।

बुद्धको तस्विर र बुद्धको विश्वप्रसिद्ध पंचशील सिद्धान्तलाई सम्मान गर्न विश्वव्यापीरुपमा पाँच दिनसम्ममा प्रचारप्रसार गरेर मनाउन साझा मंचको अन्तर्राष्ट्रिय बैठकले निर्णय गरेको जनाइएको छ।


मञ्चले जारीको प्रेसविज्ञप्ति

महामानव गौतम बुद्धको २५६० औं जन्म जयन्ति बुद्धको तस्विर र उहाँको विश्वप्रसिद्ध पंचशील सिद्धान्तलाई सम्मान गर्न विश्वव्यापिरुपमा पाँच दिनसम्ममा प्रचारप्रसार गरेर मनाउने यस नेपाली साझा मंचको अन्तर्राष्ट्रिय बैठकले निर्णय गरेको छ।

२०१६ मे ८ आईतबारको बैठकको निर्णयानुसार मे १७ देखि २१ तारिखसम्म तदनुसार जेष्ठ ४ देखि ८ गतेसम्म पाँच दिन गौतम बुद्धको तस्विर र उहाँको महानवाणी सामाजिक संजालहरुमा पोष्ट गर्न एवं आआफ्ना बासस्थानमा बुद्धको तस्विर राख्न सम्पूर्ण नेपालीहरु एवं बुद्धप्रति आस्थावान र सम्मान गर्नु हुने महानुभाव तथा विश्व समुदायलाई अनुरोध गर्दछौं।

महामानव बुद्धले पंचशील सिद्धान्तका अनुसार
१) हिंसा नगर्नु
२) लोभ नगर्नु
३) व्यभिचार नगर्नु
४) झुटो नबोल्नु र
५) दूर्व्यसन नगर्नु ।
वर्तमान विश्व हत्या हिंसा, लोभमोह स्वार्थ, क्रोध, व्यभिचार, असत्य, झुट फरेब, अत्याचार, दूव्र्यसन लगायतले आक्रान्त छ। यसअवस्थाबाट विश्वलाई मक्त गरेर शान्ति दिने मार्ग भनेको बुद्धको अनुशरण नै हो । विश्वलाई अहिंसा र अशान्तिको मार्गबाट मुक्त गर्न शान्तिको मार्ग र सिद्धान्त प्रदान गर्नु हुने महामानवप्रति हामी नेपालीहरुले गर्व गर्ने त छदैछ, हामीले पनि महामानव गौतम बुद्ध जन्मनु भएको दिनमा पंचशीललाई पालना गर्ने प्रण गरौ भन्ने आग्रह सहित मे २१ अर्थात् जेष्ठ ८ गते साँझ दीप प्रज्जवलन गरेर महामानव गौतम बुद्धप्रति श्रद्धाअर्पणको कार्यक्रम गर्न अपिल गर्दछौ।

हाम्रो साझा मंचले नेपालको खोजी पत्रकारितालाई प्रोत्साहन गर्ने कार्यक्रम गर्नुका साथै भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माण र पीडितहरुलाई राहत उपलब्ध गराउने कार्यहरुलाई प्रभावकारी बनाउनका लागि एक लाख रुपैयाँको भूकम्प खोज पत्रकारिता पुरस्कार घोषणा गर्नुका साथै विदेशमा रहेर पनि गत वैशाख १२ गते भूकम्प स्मृति दिवश आयोजना गरी श्रद्धाञ्जलि कार्यक्रम गरेको थियो। यस मंचले वैदेशिक रोजगार र राष्ट्रिय सवालमा चासो र चिन्ता राख्दै आएको छ।

कुनै पनि जातीय, क्षेत्रीय, धार्मिक, सामाजिक, साँस्कृतिक, भाषिक, लैगिंक र राजनैतिक भेदभाव र बन्देज नगरिएको सबैलाई सम्मान र सहभागिता गराउने एवं नेपाली जनता र राष्ट्रप्रति समर्पित हुने उद्देश्य रहेको एवं सामुहिक नेतृत्वमा परिचालित अध्यक्षविहीन हाम्रो यस साझा मंचमा सबैलाई गोलबन्द हुन विनम्र अनुरोध गर्दै महामानव गौतम बुद्धको २५६० औं जयन्ती भव्यताका साथ अन्तर्राष्ट्रिय रुपमा मनाउन र बुद्धप्रतिका भ्रमलाई सम्पूर्ण महानुभावहरु एकजुट भएर निस्तेज पार्न विन्रम अनुरोध समेत गर्दछौ!

महेश श्रेष्ठ
अन्तर्राष्ट्रिय अभियन्ता
नेपाली साझा मन्च





Comments

comments

Leave a Reply

12396