औधोगिक शान्ति नेपालद्वारा तामाङ घेदुङ संघको भवन निर्माणार्थ ३ लाख सहयोग

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ र औधोगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा काठमाडौको खुल्लामञ्चमा भएको ११ दिने ‘प्रथम खुल्ला मञ्च औधोगिक व्यापार मेला २०७३’ समापन भएको छ।

समापन समारोहको सभापतित्व नेपाल राष्ट्रिय तामाङ घेदुङ सँघका अध्यक्ष बिर बहादुर योञ्जनले गरेका थिए। नेपाल राष्ट्रिय तामाङ घेदुङ सँघको भवन निर्माण सहयोगार्थ गरिएको उक्त मेलाको समापन समारोहमा मेलाबाट उठेको रकम मध्ये ३ लाख रुपैया भवन निर्माणाार्थ सहयोग गर्ने प्रतिवद्धता औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले गरेका छन्।

विभिन्न समस्या र बाधा अड्चनको बाबजुद पनि सफल रुपमा मेलाको ब्यबस्थापन गर्न र लाखौको संख्यामा आएका दर्शक हरुलाई मनोरंजनको साथमा साना ब्यबसायीहरुलाई रोजगारी दिन सफल भएकोमा औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत खुसि छन् साथै मेला सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी सस्था तथा सहयोगीसाथीहरुलाई अध्यक्ष महतले धन्यवाद समेत दिए।

समापन समारोहमा संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहायक मन्त्री रेशम लामा प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए।

समापन समारोहमा एघार दिनसम्म भएको खुल्ला नृत्य प्रतियोगितमा छनोट भएका पाँच बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो। लाली गुरास कला केन्द्रका म्यनेजिंग डाइरेक्टर इन्द्र बिसंकेका अनुसार प्रथम खुल्ला मञ्च औधोगिक व्यापार मेला २०७३ नृत्य प्रतियोगितले गर्दा अझ बढी रौनक थपेको र सहभागीहरुले आफूमा भएको कला समेत खुलेर प्रस्फुटन गर्न पाएको कुरा उनी बताउछन्।

मेलामा दैनिक हजौरौको संख्यामा मानिसहरु आएर सरसामान खरिद गर्ने देखि लिएर मनोरञ्जनकाो समेत लाभ लिएको आयोजक मध्येका गायक रमेश श्रेष्ठ मेलोडीले बताए। कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका सञ्चारकर्मी एवं समाजसेवी सूर्य चन्दले यस्ता मेलाहरुले धेरैलाई रोजगारी दिने हुनाले औधोगिक मेलालाई निरन्तरता दिइनुपर्ने बताए।

मेला अबधि भर नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रिय संघका अध्यक्ष बिर बहादुर योञ्जन, औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महत, नेपाल राष्ट्रिय तामाङ बिद्यार्थी घेदुङका केन्द्रिय अध्यक्ष विरास दोङ, राष्ट्रिय महिला तामाङ घेदुङको केन्द्रिय अध्यक्ष बिष्णु डि. लामा,राष्ट्रिय महिला तामाङ घेदुङको केन्द्रीय उपाध्यक्ष रेनु कार्की लामा साथै औधोगिक शान्ति नेपाल सस्थाका प्रितम मल्ल, राज कुमार खड्का, बिनोद जैसवाल, शंकर गुरुङ लगायतका समूहले दिन रात मेहनत गरि यस एतेहासिक मेलालाई सफल बनाएका थिए। सास्कृतिक कार्यक्रमको संचालन युवा पुस्ताका चर्चित लोकप्रिय एमसी राज बराइलीले गरेका थिए।





Comments

comments

Leave a Reply

12411