यस्ता छन् गायिका सिर्जनाको ‘मनको राजा’

मनोज थापा / एचकेनेपाल डट कम –
काठमाडौं। गायिका सिर्जना कार्कीको स्वरमा रहेको नयाँ गीत  “मनको राजा” को भिडियो सार्वजनिक भएको छ।

हरि लम्साल संगीत र कृष्ण के.सी.को शब्दमा रहेको “मनको राजा” गीतको म्युजिक भिडियोमा नीता ढुंगाना, आरजु खरेल र अर्पणले अभिनय गरेका छन्।

राम कुमात केसीको छायांकन, सम्पादन सुप्रिम पराजुलीको रहेको छ भने निर्देशन दीपेन्द्र केसीको रहेको छ।

यस भन्दा पहिले गायिका कार्कीको स्वरमा  न्हयु बज्राचार्यको संगीत र दुर्गालाल श्रेष्ठको शब्दमा “लहराको सुसेली” अडियो सार्वजनिक गरिसकेकी छिन् । “माया लिनेको बद्नामी भो” श्रीकृष्ण बम मल्ल  शब्द/संगीत, “मैले त तिमीलाई दिलमा सजाँए” ताराप्रकाश लिम्बुको शब्द/संगीत आदि गीतहरु पनि चाँडै नै बजारमा आउँदै छन् । यसका साथै उनले थुप्रै सामुहिक गीत, जिङ्गल आदिमा स्वर दिइसकेकी छिन्।





Comments

comments

Leave a Reply

12425