पोखरामा सप्ताहव्यापी बुद्ध जयन्ती मनाउने

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, कास्कीमा क्रियाशील विभिन्न बुद्ध विहार, गुम्बा, बौद्ध संघ संस्था तथा जातिय संस्थाहरुद्धारा गठित बुद्ध जयन्ती समारोह समिति कास्कीले २५ सय ६० औं बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ।

समितिले जेठ १ गतेदेखि ८ गते बैशाख पुर्णिमासम्म विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने भएको हो।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुभारम्भ र्याली, स्वास्थ्य शिविर तथा रक्तदान, प्राणदान(माछा छत्तर), प्रभातफेरी, सरसफाई, गणचक्र पुजा, प्रवचन, भोजनदान, फलफुलदान, भिक्षु शुभद्र श्रद्धाञ्जली सभा, धर्म देशना, शिल प्रार्थना, बुद्धपुजा, दान कार्यक्रम, शान्ति दीपयात्रा, ज्ञानमाला भजन तथा भैषन्य पुजा, धर्मसभा लगायतको कार्यक्रम गरिने समितिका अध्यक्ष नरेन्द्र लालचनले जानकारी दिनुभयो।

जेठ १ गते युवा बौद्ध संघको संयोजनमा दीपस्थित धेछेलिङ्ग गुम्बाबाट शुभारम्भ र्याली शुरु भई अनदुस्थित विश्वशान्ति स्तुपमा पुगी बुद्ध पुजा गरिने भएको छ भने युवा बौद्ध संघकै आयोजनमा विश्व शान्ति स्तुपामा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिने बताइएको छ।

सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन जेठ २ गते बिहान बौद्ध अर्घौं सदनको आयोजनामा बेगनास तालमा प्राणदान(माछा छत्तर), जेठ ३ गते ज्ञानमाला संघ, धर्मशीला बुद्ध विहारको आयोजनमा धर्म संघ बुद्ध विहार मोहोरिया टोलबाट धर्म शिला बौद्ध विहारसम्म प्रभात फेरी र विहान क्षेत्रमा सरसफाई गरिने भएको छ । यसरी नै उक्त दिन बौद्ध अर्घौं सदनको आयोजनामा सदनस्थित गुम्बा गणचक्र पुजा र सुखवती गुम्बा गाईघाटमा प्रवचन हुने समितिका सचिव गोविन्द ताम्राकारले जानकारी दिनुभयो।

यसैगरी जेठ ४ गते सुखवती गुम्वामा प्रवचनको निरन्तरता र बौद्ध उपासिका संघ र बौद्ध अर्घौ सदनले आरोग्य आश्रममा भोजदान, फलफुलदान गरिने कार्यक्रम रहेको छ।

जेठ ५ गते धर्मशीला बुद्ध विहार दायकसभाले भिक्षु शुभद्रको श्रद्धाञ्जली सभा र बौद्ध अर्घौं सदनले प्रवचन, जेठ ६ गते बौद्ध उपाशिका संघले सुखवती गुम्बामा धर्म देशना प्रवचन, बौद्ध अर्घौं सदनले प्रवचन, जेठ ७ गते सद्धर्म सभाले धर्म देशना, सुखवती गुम्बाले गुम्बा सरसफाई गर्ने भएको छ ।

बैशाख पूर्णिमा वा बुद्धजयन्तीका दिन बिहानै देखि विहार, गुम्बाहरुमा पुजा, शिल प्रार्थना, बुद्ध पुजा तथा धर्मदेशना, दान कार्यक्रम लगायतका कार्यक्रम गरिने जनाइएको छ ।

उक्त दिन मुख्य समारोहमा सहभागीताका लागि २५ सय ६० औं बुद्ध जयन्ती शान्ति र्याली नदिपुरस्थित धर्मशीला बुद्ध विहारबाट शुरु भई, ज्ञानमार्ग पालिखेचोक, तेर्सापट्टि, नालको मुख, भैरबटोल, मोहोरियाटोल, बागबजार, हरिचोक, सिमपानीचोक, बगर ट्याक्सीचोक, क्याम्पस गेट हुदै नदिपुरस्थित शाक्य समाज भवनमा धर्मसभामा परिणत हुने अध्यक्ष लालचनले जानकारी दिनुभयो।

यो पनिः
५ दिनसम्म विश्वव्यापी बुद्धजयन्ती मनाउन अपिल





Comments

comments

Leave a Reply

12427