Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सानो देश नेपालले धम्की दियो भन्दै भारतको संसदमा हंगामा

भारतको सत्तारुढ भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले चीनको समर्थन लिएर नेपालले भारतलाई धम्की दिएको आरोप लगाएका छन्।

बुधबार लोकसभाको शून्य समयमा बोल्दै दुबेले कमजोर नेपालले भारतलाई धम्की दिएको आरोप लगाएका हुन् ‘कमजोर हुँदाहुँदै पनि नेपालले चीनको आडमा भारतलाई धम्की दिन खोज्दै छ।

अब पाकिस्तान र बंगलादेशसँग जस्तै भारतले नेपालको सीमामा पनि तारबार लगाउनुपर्छ,’ झारखण्डबाट लोकसभामा निर्वाचित दुबेले लोकसभामा भने, ‘नेपाल चीनतिर ढल्किँदै छ जुन पशुपतिदेखि भारतको तिरुपतिसम्म रेड कोरिडोर विस्तारका लागि हतियार हो ।’ नेपालसँगको कमजोर सिमाना भारतविरोधी शक्तिका लागि स्नायुकेन्द्र जस्तै बनेको दुबेले आरोप लगाए।

यस्तै कारण भारतको आइसी ८१४ विमान काठमाडौंबाट अपहरणमा परेकोसमेत उनको भनाइ थियो । भारतीय सरकारी समाचार एजेन्सी पिटिआईका अनुसार सांसद दुबेले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ताबारे पनि आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘यो षड्यन्त्रबाहेक अरू केही होइन ।’

लोकसभामा दुबेले बोल्दाबोल्दै कंग्रेसका सांसदले आपत्ति जनाएका खबर नयाँपत्रिका दैनिकमा छापएको छ। ज्योतिरादित्य सिन्धियालगायतका सांसदले छिमेकीका लागि सत्तारुढ दलका सांसदको टिप्पणी शोभनीय नभएको बताएका थिए।

तर, कंग्रेसका सांसदको भनाइको चर्को विरोध गर्दै दुबेले जवाहरलाल नेहरू, इन्दिरा गान्धी र राजीव गान्धीले लिएको नीतिका कारण नेपालमा समस्या खडा भएको आरोप लगाए । सिन्धियालाई जवाफ दिँदै दुबेले भने, ‘नेपालविरुद्ध नाकाबन्दी लगाएर राजीव गान्धीले समस्या खडा गरे ।’ तर, पछिल्लो भारतीय नाकाबन्दी र मधेस समस्याबारे उनले केही बोलेनन्।





Comments

comments

Leave a Reply

12418