प्रियंकाले विहे नगर्नुको रहस्य यस्तो पो रहेछ…

बलिउड अभिनेत्री प्रियंका चोपडाले अक्सर एउटा प्रश्नको सामना गर्नुपर्छ– बिहे कहिले गर्ने ? बलिउड र हलिउडमा पनि विशेष छाप बनाइसकेकी अभिनेत्रीको विवाहबारे प्रशंसक उत्सुक हुनु सामान्य हो।

प्रियंकाले भने यसबारे अहिलेसम्म जवाफ दिएकी छैनन् । तर, उनकी आमाले यसबारे बुधबार खुलेर कुरा गरिन् । प्रियंकाकी आमा मधुले भनिन्, ‘जब प्रियंकासँग समय हुन्छ, उसले विवाह गरिहाल्छे । विवाह गर्ने उमेर भयो भनेर प्रियंकाले विवाह गर्नेवाला छैन।

यस्तो तर्कले उसको मन जित्न सकिँदैन । नयाँपत्रिका दैनिकमा खबर छ। तर, ऊ पछिल्ला वर्षमा बढेका सम्बन्धविच्छेदले चिन्तित छे। यसको कारण एक–अर्काले समय दिन नसक्नु हो भन्ने उसलाई थाहा छ । त्यसैले परिवारलाई समय दिनसक्ने भएपछि मात्र प्रियंकाले विवाह गर्छे, अहिले ऊ अत्यन्त व्यस्त छे।’





Comments

comments

Leave a Reply

12420