Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतका पहिलो नेपाली मेयर शंकर गैरे

लन्डन–बेलायतमा ट्याक्सी व्यवसाय चलाइरहेका एक नेपाली मेयर बन्न सफल भएका छन्।

स्वान्ली टाउन काउन्सिल, केन्टका लागि बुधबार मेयर निर्वाचित शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपालीमूलका पहिलो बेलायती हुन्।

गत वर्ष सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइस्ट चर्च वार्डको काउन्सिलर बनेका गैरे त्यसै साल उपमेयर र यो वर्ष मेयर बन्न सफल भए।

‘यो जित म, मेरो जन्मभूमि र समस्त नेपालीको जित हो,’ बुधबार साँझ काउन्सिल च्याम्बर, सिभिक सेन्टरमा निर्वाचित भएपछि उनले भने, ‘म गुल्मी रुपाकोट गाउँबाट आएको सामान्य मान्छे यहाँ शतप्रतिशत अंग्रेज बसोबास गर्ने क्षेत्रबाट मेयर बन्न पाउँदा ज्यादै प्रफुल्ल छु।’ आजको कान्तिपुर दैनिकमा खबर छ।

स्वान्लीको इतिहासमै कम उमेरमा मेयर बनेका काउन्सिलर जोन बार्नेसले गैरेलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए । गैरेले पदभार ग्रहण गर्नेबित्तिकै च्याम्बरमा पहिलो बैठक संचालन गरे।





Comments

comments

Leave a Reply

12432