नेपाल र चीनको फेरि अर्को कनेक्सन, अप्टिकल फाइबर जोडियो

काठमाडौं, नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिछ्याउने काम सकेको छ।

यससँगै नेपाल – चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ।

अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ।

नेपाल टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ (एडिएसएस) अप्टिकल फाइबर जोडिएको जानकारी दिए।

चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको खबर आजको कारोबार दैनिकमा छ। ‘मे भित्रमा चीन-नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ।’





Comments

comments

Leave a Reply

12438