Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नौ जनालाई नइ पुरस्कार

एचकेनेपाल डट कम संवाददाता –
नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ जना महानुभावलाई २०७२ सालको नइ पुरस्कार प्रदान गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजधानीमा आयोजित कार्यक्रमा पुरस्कार वितरण गरेका हुन्। पुरस्कारका राशि जनही पचास हजार रुपियाँ रहेका छन्।

समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९७ औं शुभजन्मोत्सव पनि मनाइएको छ। शताब्दी पुरूष डा.जोशीलाई प्रमुख आयुक्त कार्कीले माल्यार्पण गर्दै भने “शताब्दी पुरूष हाम्रो गौरव हुनुहुन्छ । राष्ट्रले सत्यमोहन जोशी जस्त‍ा शताब्दी पुरूषको यथेष्ट योगदान पाएको छ ।”

नइ भूपालदुर्गा पुरस्कारबाट संस्कृतिविद् तथा मानवशास्त्री प्रा.डा.प्रेमकुमार खत्री, नइ चन्द्रधन पुरस्कारबाट भारत, काशी ललिताघाट क्षेत्रका प्रमुख स्वामी ओमकारानन्द गिरी र नइ कीर्तिनिधि पुरस्कारबाट राष्ट्रवादी चिन्तक यज्ञप्रसाद आचार्य पुरस्कृत भएका छन्।

प्रमुख आयुक्त कार्कीले, नइ ईश्वर बराल पुरस्कार समालोचक प्रा.राजेन्द्र सुवेदी, नइ रेखा पुरस्कार साहित्यकार प्रा.डा.गार्गी शर्मा र नइ गणेशदुर्गा पुरस्कार भारत सिक्किमकी साहित्यकार डा.पुष्प शर्मालाई प्रदान गरे।

त्यस्तै नइ भाजप पुरस्कार साहित्यकार, पत्रकार तथा अनुवादक झापाका नकुल काजी, नइ कोइलीदेवी पुरस्कार गायिका ज्ञानु राणा र नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी सुमन महर्जनलाई प्रदान गरिएको छ।

सोही समारोहमा प्रमुख आयुक्त कार्कीले इन्दिरा प्रसाईद्वारा सम्पादित समालोचनात्मक ग्रन्थ “नरेन्द्रराज प्रसाईकृत भानु जीवनी : मूल्य र मान्यता”को लोकार्पण गरेका छन् । यस ग्रन्थमा नेपाली साहित्यका २९ जना समालोचकका समीक्षा आबद्ध छन् ।

समारोहमा प्रमुख अतिथि कार्कीले भने “सरकारद्वारा गरिनु पर्ने वाङ्मयको कार्य नइ प्रकाशनद्वारा पनि गरिएका छन् । नइबाट सम्पादित वृहत् कामहरूबाट सरकार पनि लाभान्वित भइरहेको छ । नइले राष्ट्रमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली वाङ्मयको उल्लेखनीय प्रस्तुति गर्दै आएको छ । नइ भन्नु पारसमणि पनि हुन् यिनीहरूले फलाम छोए पनि सुन बनेको इतिहास हामी देखिरहेका छौं ।”

शताब्दी पुरुष डा.सत्यमोहन जोशीले भने “निजी क्षेत्रबाट अविरल रूपमा साहित्यको विराट कार्य सम्पादन गरेर नइ प्रकाशन नेपालमा उदाहरणीय संस्थामा स्थापित भएको छ । नेपाली साहित्याकाशमा नइले यति थोरै समयमा जति गरेको छ करोडौंको राजस्वमा सञ्चालित सरकारी संयन्त्रबाट परिचालित संस्थाहरूबाट यस्तो काम भएकै छैन ।”

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा ज्ञानु राणाले गीत गाएकी थिइन् । साथै नइ प्रकाशनका उपाध्यक्ष प्रा.डा.रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नइ प्रकाशनका पुरस्कार र पुरस्कृत व्यक्तित्वहरुबारे प्रकाश पारेका थिए।





Comments

comments

Leave a Reply

12442