Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पार्टीको नाम फेर्न प्रचण्ड तयार

माओवादीका चार समूहले मोहन वैद्यविनै जेठ पहिलो साता पार्टी एकता गर्ने भएका छन्।

-

प्रचण्ड नेतृत्वको एमाओवादीसँग एकता गर्न नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत सदस्य, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्द्रीय नेताहरूबीच सहमति भएको छ।

नेताहरूले एकतापछि पार्टीको नाम फेर्न सकिने विषयमा छलफल भइरहेको जनाएका छन्। तर, नाम के राख्ने भन्ने विषयमा छलफल अझै जारी छ । एकीकृत नेकपा माओवादी नै नाम राख्ने, युद्धकालकै नाम नेकपा (माओवादी) राख्ने अथवा नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

नेकपा (माओवादी) संयोजक मातृका यादवले नाम पुरानै राख्न नेताहरूको बैठकमा लिखित प्रस्ताव नै राखेका छन् । प्रचण्डले पनि नामका विषयमा आफू लचक हुन तयार रहेको खबर नयाँपत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

12447