प्रधानमन्त्रीलाई लोकमानको यस्तो जवाफः ‘तपाई भन्नुहुन्छ भने कनकमणिलाई बालुवाटारमै ल्याएर छाडिदिन्छु, छाडिदिउँ ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर मुक्त गर्न दबाब दिएको खुलासा भएको छ।

अख्तियार सम्बद्ध स्रोतले दिएको जानकारीअनुसार वैशाख १० गते शुक्रबार आयोगबाट खटि गएको प्रहरीको टोलीले दीक्षितलाई घरबाटै पक्राउ गरेको थियो । दीक्षितलाई पक्राउ गरेको केही समयमै प्रधानमन्त्री ओलीले आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई फोन गरेर सोधपुछ गरे ।

उनले पक्राउ पर्नुको कारणबारे लोकमानलाई सोध्दा उनले भने, ‘समाउनै पर्ने अवस्था आएकोले समातेको हो’ भन्ने जवाफ दिए । प्रधानमन्त्री ओलीले लोकमानलाई दीक्षितलाई मिलाएर मुक्त गरिदिनूस्, दुःख नदिनूस् भनेपछि लोकमानले पनि जवाफ यसरी फर्काएछन्, ‘तपाई भन्नुहुन्छ भने बालुवाटार नै ल्याएर छाडिदिन्छु, ल्याइदिउँ ?’ लोकमानको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले थप कुराकानी गरेनन्।

स्रोतकाअनुसार साझा यातायातका अध्यक्ष दीक्षितलाई जुनसुकै हालतमा जेल हाल्छु भन्ने सोचमा लोकमान अघि बढेका छन् । उनलाई पक्राउ पछि लोकमानमाथि दबाब पनि उत्तीकै पर्यो । यो बीच उनी बिरामी नै भए ।

अहिले अख्तियारले गरेका कामकारबाहीलाई संस्थासँग भन्दा पनि लोकमान सिंह कार्कीसँग जोडेर हेर्ने गरिएको खबर काठमाडौँ टुडेले छापेको छ। यहि भएर प्रधानमन्त्री र अख्तियार (लोकमान)बीचको सम्बन्ध राम्रो नभएको चर्चा बजारमा छ ।

स्रोतका अनुसार कनकमणिको फाइल सचिव भगवतीप्रसाद काफ्लेको बेलादेखि नै अड्किएर बसेको थियो । पैसा खाँदै फाइल मुल्तबीमा राख्ने गरिएको थियो । लोकमान अख्तियारमा आएपछि सो फाइल डेकेन्द्र नामका सहसचिवलाई अनुसन्धान गर्न दिइयो । अनुसन्धानको २ वर्षपछि २६ प्रभावशालीसँगै कनकमणिलाई पत्र काटिएको थियो ।

लोकमान र सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सुशीला कार्कीबीचको सम्बन्ध पनि राम्रो छैन । सुशीला कार्कीले लोकमानलाई मन नपराउने भएकै कारण कनकलाई रिहा गर्न सवोच्चबाट आदेश आएको हो ।

सर्वोच्चले सकेसम्म अख्तियारलाई हराउने गरी भूमिका खेल्न थालेको चर्चा आयोगमा हुने गरेको छ । कनकमणिको सुनवाईको दिन सर्वोच्च अदालतमा सुशीला कार्कीले कनककी पत्नी शान्ता दीक्षितलाई बेग्लै कोठामा लगेर लामो कुराकानी गरेको भन्ने विषयबारे आयोगमा अहिले पनि कुराकानी हुने गरेको स्रोतको दावी छ ।





Comments

comments

Leave a Reply

12452