रामेछापमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो, ४ जना बेपत्ता

काठमाडौं। रामेछापको लेखर्कमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ। रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरी गाउँमा गएराति वर्षासँगको आएको पहिरोमा परेर अझै चार जना हराइरहेका स्थानीयले बताएका छन्। एक जना घाइतेको उद्दार गरिएको प्रहरीले जनाएको छ।

पहिरोमा परी ज्यान गुमाउनेहरुमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ रहेका छन् ।

घाइते भएकी श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जनाको गाउँमै उपचार भइरहेको छ ।

पहिरोले तीन वटा घर बगाएको, एउटा घरमा क्षति पुर्‍याएको र अँधेरी खोलाको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

125659