कोलोराडोमा दिदीबहिनी समूहले सामूहिक दरखाने कार्यक्रम आयोजना गर्दै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका। हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामूहिक रुपमा दरखाने भएका छन् ।

प्रवासमा रहेका महिला दिदीबहिनीहरुलाई एक्लो भएको महसुस नहोस र सबै दिदीबहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै, माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोले यस बर्ष पनि दरखाने कार्यक्रम आयोजना गर्न लागेको संयोजक धन पौडेलले बताएकी छिन् ।

यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचाहन गराउन सहयोग पुग्ने उनको ठम्याइ छ ।

कार्यक्रम यही अगष्ट ३१ तारिक शनिबार सांझ ५ बजेदेखि राती १० बजे सम्म ( 8971 Yates St. Westminster CO. 80031) मा संचालन हुने छ । कार्यक्रम बारे फेसबुकमा ईभेन्ट बनाएर राखिएको र यदी कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सूचनालाई आधार मानी कार्यक्रममा सहभागी भइ भब्य र सभ्य तरिकाबाट सम्पन्न पार्न सहयोगको लागी संयोजक पौडेले सबैलाई अनुरोध गरेकी छिन् ।

कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि बुद्धिजीवी, गन्यमान्य, समाजसेवी, व्यवसायी तथा नेपालीको भाषा संस्कृति मनपराउने सबै दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा स्वागत गरिने पौडेले बताएकी छन् । कार्यक्रमबारे कसैलाई पनि परिपत्र नगरिएको हुदा सबैलाई चुले निम्तो सहित खुल्ला निमन्त्रणा गरिएकोले यसै निमन्त्रणालाई स्वीकारी कार्यक्रममा सहभागी भई भब्य र सभ्य तरिकाबाट सफल बनाउन सहयोगको लागी उनले अनुरोध गरेकी हुन् ।

त्यसै गरी बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमलाई सफलताकासाथ सम्पन्न पार्न अन्य संघसंस्था तथा दाताहरुबाट सहयोगको अपेक्षा गरिएको र सहयोग गर्न चाहनुहुने महानुभावहरूले [email protected] मा सिधा जिमेल गर्न सकिने संयोजक पौडेलले बताएकी छन् ।





Comments

comments

125685