स्कूल खुलेको दोश्रो दिनमै ट्युन मुनमा १६ वर्षीय किशोर मृत फेला

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३ सेप्टेम्बर। गर्मी बिदा सकेर विद्यालय खुलेको दोश्रो दिनमै एक १६ वर्षीय किशोर मृत फेला परेका छन्।

आज बिहान ट्युन मुनस्थित एक आवासीय भवनमा विद्यालय पोशाक लगाएका १६ वर्षीय किशोर मृत फेला परेका हुन्।

किन साङ इस्टेटस्थित यू साङ हाउसका सुरक्षा गार्डले बिहान ८ः०८ बजे शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए।

उचाइबाट खसेको आशंकामा किशोरलाई घटनास्थलमै मृत घोषित गरिएको थियो। पीडित विद्यार्थीले स्कुलको काम र पढाइमा समस्या भोगेको बुझिएको छ।

उनको एक सुसाइड नोटसमेत फेला परेको छ। प्रहरीले मृतकका परिवारसँग सम्पर्क गरी उनको पहिचान र आत्महत्याको कारणबारे अनुसन्धान गरिरहेको छ।

आत्महत्या रोकथाम हेल्पलाइन:
हटलाइन (बहुभाषी): 2896 0000





Comments

comments

125901