हङकङमा सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८ जारी, सर्वसाधारणलाई सुरक्षित रहन अपिल…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ सेप्टेम्बर। हङकङ अब्जरभेटरीले यो वर्षको पहिलो टाईफून सिग्नल नम्बर ८ जारी गरेको छ।

अब्जरभेटरीले साँझ ६.२० बजे सुपर टाइफुन यागी सामुद्रिक आँधीको संकेत नम्बर ८ जारी गर्दै यो सङ्केत शुक्रबार दिउँसोसम्म कायम रहने जनाएको छ।

शिक्षा ब्यूरोले भोलि शुक्रबार सबै विद्यालयहरू बन्द हुने घोषणा गरेको छ।

सामुद्रिक आँधीका कारण सर्वसाधारण जनतालाई सुरक्षित रहन भनिएको छ। टाईफून सिग्नल नम्बर ८ का कारण स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस र रेल सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द हुने भएका छन्।





Comments

comments

125945