१० को टिकट काटेर जित्न सक्छ, ८० मिलियन हङकङ डलर…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ सेप्टेम्बर। आगामी मंगलवार राति खुल्ने मार्क सिक्स मिड-अटम फेस्टिभल स्नोबल ड्रको प्रथम पुरस्कार राशि ८० मिलियन हङकङ डलर रहेको छ। १० हङकङ डलरको टिकट काटेर ८० मिलियन हङकङ डलरसम्म जित्ने मौका रहेको छ।

स्नोबल ड्रको टिकट सेप्टेम्बर १७ तारिख मंगलवार राति ९:१५ बजेसम्म बिक्री हुनेछ।

विगतको नतिजा अनुसार,मिड-अटम फेस्टिभल स्नोबल ड्रको “लक्की नम्बरहरू” ७ र १५ रहेका छन्। जुन १० पटक परेका छन्।

त्यस्तै १२ र ४० अंकहरू नौ पटक परेका छन्।

यसबाहेक, यस वर्ष आयोजित पाँच स्नोबल ड्रमा विगतका चार विजेताहरूले मल्टिपल टिकट काटेर प्रथम पुरस्कार जितेका छन्।





Comments

comments

126111