काठमाडौं महानगरको साक्षरता ९५.५ प्रतिशत

काठमाडौं, काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५.५ प्रतिशत रहेको जनाएको छ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसंख्या ८ लाख ६२ हजार ४०० रहेको बताएको छ।

आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए।

गत आर्थिक वर्षमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ।

काठमाडौंका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ। रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

126116