गोरखा सत्याग्रह संघर्ष समितिले हङकङमा विशेष जानकारीसभा गर्ने, प्रमुख संयोजक थलङ हङकङ आउदै…

एचकेनेपाल डट कम संवाददाता –
हङकङ। गोरखा र तिनका परिवारको हक अधिकार प्राप्तिको लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङ हङकङ आउने भएका छन्।

फाइल फोटो
थलङले एक प्रेस विज्ञप्ति जारी गर्दै गोरखा परिवारको नेपाली नागरिकता संविधानमा कसरी सुरक्षित गर्ने भन्ने अति संबेदनाशील विषयमा सल्लाह गर्न हङकङ आउन लागेको बताएका छन्।

प्रेस विज्ञप्तिमा थलङले भनेका छन् – ‘मलाई लाग्दछ, नेपाली नागरिकता बेलायतमा रहेका गोरखा परिवारको भन्दा हङकङमा रहेका गोरखा परिवारहरुको बढि संकटमा परेको छ । र अहिलेको पुस्ताले नागरिकताको अधिकार लिन सकेनौं भने, यस पछिका पुस्ताहरु (छोराछोरी, नाति नातिनीहरू) ले यो अधिकार सदाका लागि गुमाउनेछन्।’

थलङले जुन १८ तारिख शनिवार साँझ जोर्डनस्थित लुम्बिनी क्लबमा आयोजना हुने अन्तर्क्रिया कार्यक्रममा एेतिहासिक गोरखा सत्याग्रह आन्दोलनबारे जानकारी दिनेसमेत जनाएका छन्।

हेर्नुहोस् प्रेस विज्ञप्तिको पूर्ण विवरणः

प्रमुख संयोजकः सन्तोष थलङ

हङकङवासी गोरखासमुदायहरुमा आह्वान !! !!

हङकङवाशी गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरुसंग बिशेष हाम्रो नेपाली नागरिकता संबिधानमा कसरी सुरक्षित गर्ने भन्ने अति संबेदनशील बिषयमा सल्लाह गर्न हङकङ आउदैछु । मलाई लाग्दछ, नेपाली नागरिकता बेलायतमा रहेका गोरखा परिवारको भन्दा हङकङमा रहेका गोरखा परिवारहरुको बढि संकटमा परेकोछ । र अहिलेको पुस्ताले नागरिकताको अधिकार लिन सकेनौं भने, यस पछिका पुस्ताहरु (छोराछोरी, नातिनातिनीहरू) ले यो अधिकार सदाका लागि गुमाउनेछन् ।

सम्भवत: यो ब्रिटिश गोरखाका छोरा छोरीका हैसियतले हङकङमा आई वसोवास गर्न, नेपाली नागरिकता गुमाउनुहुने सम्पूर्ण नेपालीहरुका नेपाली नागरिकता पुनर्वहाली गराउने र नागरिकता हुनेहरुका लागि संबिधानमा निरन्तर रहने व्यवस्था सुनिश्चित गराउने सुवर्ण अवसर हो ।

त्यस्का साथै एेतिहासिक गोरखा सत्याग्रह आन्दोलनको जानकारी तथा अन्तरकृयाका लागि यहि १८ जुन २०१६, शनिवार साँझ ६ बजे,1/F, लुम्बिनी क्लब २३३ टेम्पल स्ट्रीट,जोर्डनमा अवश्य उपस्थित हुन यहाँहरु सम्पूर्णलाई मैले वेलायतबाटै चुले निम्तो दिएँ है त !!

(थप जानकारीका लागि आयोजक:
स्वतन्त्र ब्रिटीस भू. पू. गोर्खा सैनिक हङकङका श्री नरेन्द्र राई जी र श्री रत्न खिम्दिङ जीलाई सम्पर्क गर्नुहोला !)
धन्यवाद !!!

सन्तोष थलङ
प्रमुख संयोजक
गोरखा सत्याग्रह संयुक्त
संघर्स समिति-यूके/नेपाल
२२ मे २०१६

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

12612