राजधानीका १२ वर्षे एक बालकलाई जब वयश्क छिमेकीले मोबाइलमा अश्लिल सिनेमा देखाए, उनको बालमस्तिष्कमा त्यसको गहिरो छाप पर्यो ।
त्यसबाट मस्तिष्कमा जन्मिएको जिज्ञासाले अन्ततः उनलाई जघन्य अपराधतिर डोहोर्यायो । आजको नागरिक दैनिकमा खबर छ ।
त्यही सिनेमाको दृश्य अन्जानमा एउटी बालिकासँग दोहोर्याउँदा ती बालक प्रहरी फन्दा परे ।
अहिले तिनी बालअपराधीका रुपमा भक्तपुर, सानोठिमीस्थित बालसुधार गृहमा सजाय काटिरहेका छन् ।
कास्की, सराङकोटस्थित बालसुधार गृहमा राखिएका अर्का १३ वर्षे बालकको कहानी पनि फरक छैन ।
प्रविधिका कारण सर्वसुलभ भएका अश्लील सामग्रीकै कारण उनी पनि अन्जानमा अपराधि बन्न पुगे ।