Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१० वर्षपछि स्वदेश फर्किए बरिष्ठ रेफ्री प्रशिक्षक भट्टराई

विजय थापा / एचकेनेपाल डट कम –
अमेरिका। नेपाली कराते जगतमा प्रथम टोलीका राष्ट्रिय मान्यता प्राप्त रेफ्री सरोज भट्टराई १० बर्षको अमेरिकी बसाइपछि स्वदेश फर्किएका छन्।

दोस्रो राष्ट्रिय रेफ्री सेमिनार भक्तपुर पश्चात लगातार रुपमा आयोजित विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कराते रेफ्री सेमिनारहरुमा सहभागी हुदै निर्णायक प्रशिक्षकको भूमिका निर्बाह गरिसकेका भट्टराई नेपालमा राष्ट्रिय रेफ्री जज उत्पादन गर्न सफल प्रशिक्षक मध्ये एक मानिन्छन्।

अमेरिकी राष्ट्रिय कराते महासंघमा ११ जना राष्ट्रिय रेफ्री जजहरुलाई प्रशिक्षण समेत दिएका उनी पूर्व नेपाल कराते महासंघका प्राबिधिक सदस्य थिए।

उनी सितोरियु करातेका बरिष्ठ प्रशिक्षक विश्व कराते महासंघ (डब्ल्युकेसी वर्ल्ड कराते कन्फेडेरेसन ) का विश्व कराते रेफ्रीसमेत थिए।





Comments

comments

Leave a Reply

12621