बेल्जियममा यसरी मनाइयो बुद्धजयन्ती

जित लामा र राम लामा/ एचकेनेपाल डट कम –
बेल्जियमस्थित हुई गुम्बामा शेर्पा किदुग बेल्जियम, तमु समाज, तामाङ समाज,विश्व मगर संघ,सिकलेस पार्चे कल्याण कोष संयुक्त किरात समाज र थकाली समाजको संयुक्त आयोजनामा शनिवार विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्ती लामा गुरुहरूबाट बौद्धधर्म बिधि र कर्म अनुरुप पूजापाठ गरि सम्पन्न भएको छ।

पुजापाठ कार्यक्रममा लामा गुरू शेरप दोर्जे रेम्बोछेले बिश्वमा शान्ति कायम भै मानव लगायत सम्पूर्ण प्राणी जगतले सुख शान्ति प्राप्त गर्नको लागि बुद्धको मार्गमा अग्रसर भै रिस-राग , हिँसा , अज्ञानता , डाह र मोह आदिलाई त्यागेर स्वच्छ मन बचन र कर्मले शान्तिपूर्ण जीवन यापन गर्न बुद्धले दिनु भएको बाणी र उपदेशलाई पालन गर्दै अगाडि बढ्न सकेमा सबैको कल्याण हुने भन्दै लुङदुर ठढाएर १०८ दीप(छ्युमी) प्रज्वलन गरि शान्तिको कामना गरियो। हुई गुम्बासम्म लुंडदुर एनआरएन आईसीसी सँरक्षक दिल गुरूङले लगेका थिए।

पाँच सय भन्दा बढी श्रद्धालुहरु उपस्थित रहेको उक्त पूजा कार्यक्रममा औष्टेन्डे नेपाली समाज ,एभरेष्ट नेपाली समाज ब्रुगे ,ईन्द्र धनुष ल्कब , हिमालयन सोसाईटीको बिषेश सहभागीता र बेल्जियममा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत बुद्ध धर्म प्रति आश्थावान नेपाली र बिदेशीको समेत बाक्लै उपस्थिति रहेको थियो।

साथै सहभागीहरूलाई खाना र पेय पदार्थ ब्यबस्था गर्न प्रायोजन तथा सहयोग गर्ने सम्पुर्ण महानुभाव लगायत संघ संस्थाहरूप्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु हुने सम्पुर्ण बेल्जियमबासी नेपाली दाजुभाई तथा दिदिबहिनीमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गरेको छ।





Comments

comments

Leave a Reply

12623