चुन वानमा पाकिस्तानी र स्थानीयबीच कुटाकुट

प्रतीकात्मक तस्विर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ सेप्टेम्बर। आज बिहान चुन वानमा एक साधारण बियर पिउने क्रममा ठूलो झगडा भयो। दुई पाकिस्तानी र सात स्थानीय बीच भएको यो झडपमा दुई जना घाइते भए।

बिहान १:३७ बजेतिर, ३६ र ४० वर्षका दुई पाकिस्तानी पुरुष बियर पिइरहेका थिए।

स्थानीय मिडियाका अनुसार, उनीहरूको व्यवहार देखेर सात स्थानीय पुरुष रिसाए र झगडा सुरु भयो।

झगडामा दुवै पाकिस्तानी पुरुषलाई टाउको र ढाडमा चोट लाग्यो। घाइतेहरूलाई तत्काल यान चाइ अस्पताल लगियो।

प्रहरीले यो घटनालाई ‘घाइते’ को रूपमा दर्ता गरेको छ। अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। बुझिए अनुसार, दुवै पीडितअस्थायी कागजात लिएर हङकङमा बस्दै आइरहेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

126227