क्याथे प्यासिफिकले चिनियाँ यात्रुलाई दुर्व्यवहार गर्ने हङकङ जोडीलाई आजीवन प्रतिबन्ध लगायो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ सेप्टेम्बर। हालै हङकङबाट लन्डन जाने उडानमा चिनियाँ यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एक हङकङका दम्पतीमाथि क्याथे प्यासिफिकले आजीवन प्रतिबन्ध लगाएको छ।

यो घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। पीडित महिलाले आफ्नो अनुभव सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो।

गत १७ सेप्टेम्बर विमानमा सवार एक मुख्य भूमि चिनियाँ महिलाले आफ्नो सिट पछाडि झुकाउँदा दम्पतीले विरोध गरेका थिए। दम्पतीले महिलाको सिट लात्ताले हान्नुका साथै अपमानजनक टिप्पणीहरू गरेका थिए। क्याबिन क्रुले मध्यस्थता गर्न खोज्दा पनि मानिरहेका थिएनन्। अन्य यात्रुहरूले दम्पतीको व्यवहारको निन्दा गरेका थिए। अन्ततः समस्या समाधान नभएपछि महिलालाई अर्को सिटमा सारिएको थियो।

क्याथे प्यासिफिकले आफ्नो अनुसन्धानमा दम्पतीको लगातार दुर्व्यवहार पुष्टि भएको जनाएको छ।

एयरलाइनले दम्पतीलाई दुई पटक कडा मौखिक चेतावनी दिएपछि क्याथे समूहका सबै उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

126301