बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ जना अझै बेपत्ता

काठमाडौं। नेपालमा गत असोज ११ गतेदेखि जारी अविरल वर्षाले ल्याएको बाढी र पहिरोको महाविनाशले देशभर त्रास र शोकको वातावरण सिर्जना गरेको छ। यो प्राकृतिक विपदाले हालसम्म २०५ जनाको अमूल्य जीवन लिएको छ, जसले राष्ट्रलाई गहिरो शोकमा डुबाएको छ।

बाढी र पहिरोको सबैभन्दा ठूलो प्रभाव बागमती प्रदेशमा परेको छ, जहाँ १२५ जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकामा ५६, कोशी प्रदेशमा १७, मधेश प्रदेशमा ५, र लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ। यसका साथै, १३० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

विपद् व्यवस्थापन टोलीहरूले अथक प्रयास गरी ४,२२२ जनाको सफल उद्धार गरेका छन्। काठमाडौं उपत्यकामा २,१५५, कोशी प्रदेशमा २९०, मधेस प्रदेशमा ३५, बागमती प्रदेशमा ७४५ र गण्डकी प्रदेशमा ९९७ जनाको उद्धार गरिएको छ। तर, २४ जना अझै बेपत्ता रहेकोले खोज र उद्धार कार्य निरन्तर जारी छ।





Comments

comments

126546