सामाजिक सञ्जालमा क्यारी लामको हत्या गर्न उक्साउने पुन दोषी ठहर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ अक्टोबर। हङकङ जिल्ला अदालतले बुधवार एक व्यक्तिलाई तत्कालीन मुख्य कार्यकारी क्यारी लाम चेङको हत्या गर्न अरूलाई उक्साएको आरोपमा दोषी ठहर गरेको छ।

६३ वर्षीय पुन तक-शुलाई अरूलाई गम्भीर शारीरिक क्षति पुर्‍याउन उक्साएको आरोपमा दोषी ठहर गरिएको छ। उनले सन् २०२० को फेब्रुअरीमा सामाजिक सञ्जालमा लामलाई मार्ने तरिकाहरूबारे टिप्पणी प्रकाशित गरेका थिए।

न्यायाधीश स्टेनली चान क्वोङ-चीले पुनको फेसबुक खातामा ७०० भन्दा बढी साथीहरू रहेको र उनको पोस्टमा भएको टिप्पणीहरूले तत्कालीन मुख्य कार्यकारीलाई हानि पुर्‍याउने मनसाय फैलाएको उल्लेख गरे।

न्यायाधीशले राजनीतिक वास्तविकतामा विश्वमा पूर्ण अभिव्यक्ति स्वतन्त्रता नभएको र अपराध गर्ने समयको सामाजिक वातावरणलाई देख्दा कुनै पनि कट्टरपन्थी कार्यहरूलाई असम्भव मान्न नसकिने बताए।

पुनलाई अक्टोबर ७ मा सजाय सुनाइने छ।





Comments

comments

126609