हङकङमा ७,१०० भन्दा बढी सस्ता फ्ल्याट बिक्रीमा

नमूना फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ अक्टोबर। हङकङको आवास प्राधिकरणले बिहीबारदेखि गृह स्वामित्व योजना अन्तर्गत सस्तो मूल्यमा फ्ल्याट बिक्रीको लागि आवेदन स्वीकार गर्न थालेको छ।

काई टाक, याउ टोङ, क्वुन टोङ, टुङ चुङ र त्युन मुन क्षेत्रमा गरी ७,१०० भन्दा बढी फ्ल्याट बिक्रीमा राखिएका छन्।

यी फ्ल्याटहरूको आकार १७.३ देखि ४७.४ वर्ग मिटरसम्म रहेको छ र मूल्य बजार मूल्यको ७० प्रतिशतमा अर्थात् १.४३ मिलियन देखि ४.६७ मिलियन हङकङ डलरसम्म तोकिएको छ।

यो योजनाले धेरै हङकङवासीलाई आफ्नो घर खरिद गर्ने सुनौलो अवसर प्रदान गरेको छ।

आवेदन दिने म्याद अक्टोबर २३ सम्म रहेको छ र वर्षको अन्त्यसम्ममा लटरीमार्फत फ्ल्याट वितरण गरिने अपेक्षा गरिएको छ।

हङकङ आवास प्राधिकरणको आधिकारिक वेबसाइट: https://www.housingauthority.gov.hk/





Comments

comments

126637