एक्लै हाईकिङ गएका पदयात्रीको शव खाडलमा भेटिए

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ८ अक्टोबर। आइतबार पोर लो शान पहाडमा हाईकिङका लागि घरबाट निस्केका ६७ वर्षीय एक व्यक्तिको खोजी मंगलबार बिहान दुःखद अन्त्यसँगै समाप्त भयो। उनको शव फेला परेको छ।

बिक्रेताका रुपमा काम गर्ने याउ थरका ती व्यक्ति फुर्सदको समयमा प्रायः हाईकिङ जाने गर्थे। उनकी श्रीमतीले अक्टोबर ६ को राति करिब १० बजे प्रहरीलाई खबर गरेकी थिइन्। याउ त्यस दिन बिहान ९ बजे घरबाट निस्केका थिए र त्यसपछि फर्केका थिएनन्।

उद्धारकर्मीहरूले मंगलबार बिहान करिब ५ बजे त्सिङ ताई खोलामा याउको शव फेला पारे। उनी दुई मिटर गहिरो खाल्डोमा मृत फेला परेका थिए।
याउको शवलाई सरकारी उडान सेवाको हेलिकोप्टरद्वारा पहाडबाट उठाइएको थियो। मृत्युको कारण शव परीक्षणपछि मात्र थाहा हुने बताइएको छ।

अनुभवी हाईकर चुङ किन-मानले एक्लै हाईकिङ गर्नुको खतराबारे सर्वसाधारणलाई सचेत गराएका छन्। उनले भने, “५० देखि ६० प्रतिशत भन्दा बढी मानिसहरू एक्लै हाईकिङ जान्छन्। म यसलाई एक ठूलो गल्ती मान्छु। हामी सधैं प्रस्ताव गर्छौं कि मानिसहरू अरू कोही, साथीहरू वा परिवारसँग जानुपर्छ।”

उनले थपे, “केही दिन यता मौसम धेरै गर्मी छ… तपाईंले सानो बोतल पानी मात्र बोक्नुहुन्छ र यो पर्याप्त हुँदैन। एकपटक तपाईंसँग पर्याप्त पानी छैन भने, तपाईं होस गुमाउनुहुन्छ, तपाईं आफू कहाँ हुनुहुन्छ थाहा पाउनुहुन्न।”





Comments

comments

126762