पहिचानवादी मोर्चाको क्यालिफोर्निया संयोजकमा डिकेन्द्र मास्के निर्वाचित

स्थानीय प्रतिनिधि – क्यालिफोर्नियामा आदिवासी जनजाति महासंघको आयोजनामा सम्पन्न गोष्ठीमा पहिचानवादी मोर्चाको क्यालिफोर्निया संयोजकमा डिकेन्द्र मास्के निर्वाचित भएका छन्।

अक्टोबर ५ मा सम्पन्न कार्यक्रममा आदिवासीहरुको हक अधिकार सम्बन्धी विचार गोष्ठी पनि आयोजना गरिएको थियो।

कार्यक्रम समापनपछि, ओमराज सम्बाहाम्फेको प्रस्तावमा पूर्व प्रधानाध्यापक तथा वरिष्ठ समाजसेवी श्री डिकेन्द्र मास्केलाई पहिचानवादी मोर्चाको क्यालिफोर्निया संयोजकमा सर्वसम्मतिले निर्वाचित गरिएको छ।

प्रमुख वक्ता प्राध्यापक तथा पहिचानवादी मोर्चाका संघीय संयोजक डा. महेन्द्र लावतीले नेपालमा भइरहेको पहिचानवादी आन्दोलनको विकासबारे आफ्नो धारणा राख्दै, सबै नेपाली समुदायहरुको पहिचान र अधिकारको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “देशलाई विकास र निकास दिनको लागि पहिचानवादी मोर्चाले सबै समावेश हुने नयाँ अवधारणा ल्याएको छ।”

कार्यक्रममा प्राध्यापक माया मग्रान्ती, पहिचानवादी अभियन्ता देव राई, समाजसेवी कुमार दोङ र अधिवक्ता रोशन सुब्बा लिम्बूले पनि आफ्ना विचारहरु राखेका थिए।

सान फ्रान्सिस्को नजिकैको एक नेपाली रेस्टुरेन्टमा आयोजित यस कार्यक्रमको सभापतित्व महासंघका सभापति प्रकाश लामाले गरेका थिए। सञ्चालन टंक फोम्बो र उठेका सहजीकरण सुरेन्द्र फोम्बो र डिकेन्द्र मास्केले गरेका थिए।





Comments

comments

126767