Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङबाट हुने कोकिन तस्करीमा नेपालीको पनि संलग्नता, को को हुन् नेपाली?

जाली नोट, सेतो र खैरो हेरोइनको कारोबारपछि पहिलोपटक पाकिस्तानी माफियाको संलग्नता कोकिन कारोबारमासमेत देखिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले पहिलोपटक कोकिन कारोबारमा पाकिस्तानी माफियाको प्रत्यक्ष संलग्नता पुष्टि गरेको हो। ब्युरोका अनुसार दक्षिण अमेरिकी देशबाट एसियालाई ट्रान्जिट बनाउँदै युरोपसम्म हुने कोकिन तस्करीमा पाकिस्तानी माफियाको पहिचान भएको छ।

ब्युरोका डिआइजी जयबहादुर चन्दले हङकङमा बसेर लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिको पहिचान भएको बताए। उनका अनुसार पाकिस्तानी नागरिक वाहिद खान, चाचा भन्ने अब्दुल रजाक र उनका भाइले हङकङबाट ड्रग्स सिन्डिकेट अपरेट गर्ने गरेको खुलेको छ। भारतीय सुरक्षा एजेन्सी इन्टिलिजेन्स ब्युरो(आइबी) को सूचीमा रहेका कुख्यात अन्डरवर्ल्ड दाउद इब्राहिम समूहका सदस्यमध्येका टाइगर, राजाभाइ र चाचाले दुबई, मलेसिया र हङकङबाट कारोबार सञ्चालन गरेको ब्युरोले जनाएको खबर नागरिक दैनिकमा छ।

अन्तरदेशीय अपराध हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोका प्रमुख बमबहादुर भण्डारीले लागुऔषध कारोबारमा सामुन्ने आएका नाम दाउद समूहकै सदस्य भएको यकिन नभएपनि नर्काननसकिने बताए।उनका अनुसार पैसा र पावरका लागि जे पनि गर्न तयार हुने समूहको मुख्य ठेगाना दुबई र मलेसियाबाहेक हङकङसमेत हो। ‘जाली नोटमा पहिचान भएका नामसँग मिल्दाजुल्दा छन्, सधै असली पहिचान गोप्य रहने कारणले यकिन हुन कठिन हो,’ डिआइजी भण्डारीले भने।

ब्युरोका अनुसार पाकिस्तानी समूहले कोकिनका लागि नेपाली नागरिक दिलबहादुर गुरुङलाई एकलाख हङकङ डलर (नेपाली १३ लाख ६० हजार) नगदसमेत पठाएको छ। नेपालबाट चरेसको कारोबारगर्दै आएका गुरुङलाई पाकिस्तानी समूहले यसअघि २६ पटक एसियाका विभिन्न देशमा चरेस ओसारपसारका लागि भरिया र भरिया खोज्ने जिम्मेवारी सुम्पेको अनुसन्धानमा खुलेको छ।





Comments

comments

Leave a Reply

12687