Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फुटबलर विमल घर्तीकी बहिनीको हत्या आशंका, प्रेमीसहित ३ पक्राउ

एचकेनेपाल डट कम संवाददाता –
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी मनिषा घर्तीमगर मृत फेला परेकी छन्।

उनी नवलपरासीको बर्दघाट-८ भुताहस्थित आफ्नै घरमा विहीबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

हत्याको आशंकामा प्रहरीले उनका प्रेमी आशिष चौधरीसहित ३ जनालाई पक्राउ गरेको छ।

घर्तीकी अामा कामविशेषले बुटवल गएर आज बिहान घर फर्कदा छोरी मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनी वुधवार राति घरमा एक्लै थिइन्। उनी ११ कक्षाको परीक्षा दिएर बसेकी थिइन्।

विमलका बुवा होमबहादुर थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।


तस्विर: विमलको फेसबुकबाट





Comments

comments

Leave a Reply

12689