चन्द्रबहादुरको टाउको सेप्टिक ट्यांकीमा भेटियो, दसैंको राति भएको थियो हत्या…

काठमाडौं। बाँके जिल्लाको कोहलपुर नगरपालिका-८ पिपिरीमा विजयादशमीको रात निर्मम हत्या गरिएका ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको सेप्टिक ट्यांकीमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार, चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट करिब ५०० मिटर टाढा एक घरको सेप्टिक ट्यांकीभित्र भेटिएको छ। हत्यामा प्रयोग भएको हँसिया पनि सोही स्थानमा फेला परेको छ।

रामचन्द्रको टाउको प्लाष्टिकको झोलामा हालेर बोकेर गएको व्यक्तिको दृश्य सिसिटिभी फुटेजबाट कैद भएको थियो।

प्रारम्भिक अनुसन्धानबाट घटनामा २७ वर्षीय अनिल परियारको संलग्नता रहेको खुलेको छ। अनिल रोल्पा घर भई पिपिरीमा बहिनीको घरमा बस्दै आएका थिए। विजयादशमीको दिन चन्द्रबहादुर र अनिलले सँगै मदिरा सेवन गरेका थिए। त्यसक्रममा उनीहरूबीच विवाद उत्पन्न भएपछि अनिलले धारिलो हतियार प्रहार गरी चन्द्रबहादुरको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

यसअघि, अनिल बलात्कार मुद्दामा जेल सजाय भुक्तान गरेर वैशाखमा मात्र रिहा भएका थिए।





Comments

comments

126971