Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकी पूर्वराष्ट्रपतिलाई भेटेर नेपालीले भने -‘बुद्ध नेपालमा जन्मेका हुन्’

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक भब्य कार्यक्रममा नेपाली मूलका युवा तथा सामाजिक सेवामा क्रियाशील रहेका प्रकाश थापाले छोटो समयको लागि भेट भएता पनि अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्धको जन्म नेपालमा भएको बताए ।

उनले क्लिन्टनलाई भने कतिपय संचार माध्यमले गौतम बुद्धको बारेमा गलत प्रचार गरि रहेको जनाकारी समेत उनले दिए ।

थापाले उक्त कार्यक्रममा भगवान बुद्ध जन्मेको देश नेपाल लुम्बिनी एक पटक भ्रमण गर्न समेत अनुरोध गर्दै उनले क्लिन्टनलाई बुद्ध धर्मको परम्परागत खादा लगाएका थिए।

बिशिष्ट व्यक्तिहरुलाई बोलाएको उक्त कार्यक्रममा राष्ट्रिय नेतृत्त्व परिषद सदस्य अजय जैन भुटारियाले स्वागत गरेका थिए ।

प्रकाश थापा ,ते क्वान्दो खेलाडी तथा गुरु हुन् भने ग्लोबल चलचित्र उत्सवका विश्व नेतृत्वको साथै ह्युमन फर हयुमानिटी एक्सन फर नेसन्सका सभापतिसमेत हुन् ।

थापाले यसअगाडी पनि अमेरिकी राष्ट्रपतिकी उम्मेदवार तथा पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनलाई पनि भेट गरि बुद्ध नेपालका हुन् र उनको जन्म नेपालमा भएको जानकारी गराएका थिए । हिलारी क्लिन्टनलाई पनि गौतम बुद्धको जन्म स्थल जान आग्रह गरेका थिए ।





Comments

comments

Leave a Reply

12706