ताइ पोको ब्राइड्स पुल रोडमा भएको मोटरसाइकल दुर्घटनामा महिला चालकको मृत्यु..

प्रतीकात्मक फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ अक्टोबर। ताइ पो क्षेत्रमा गएराति ११:३० बजेतिर एक घातक मोटरसाइकल दुर्घटना भएको छ। ब्राइड्स पुल रोडमा लुक केङतर्फ जाँदै गरेको एक मोटरसाइकल वाङयोङ शेक स्ट्रिम नजिक पुग्दा नियन्त्रण गुमाएर ढुंगामा ठोक्किदा महिला चालकको मृत्यु भएको छ।

४७ वर्षीया सिन नामकी महिला चालक सडकमा लडेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल प्रिन्स अफ वेल्स अस्पताल लगिएको थियो, तर बिहान २:५८ बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।

घटनास्थलमा एक डिस्क लक र प्राथमिक उपचार किट फेला परेको थियो। ती सामान दुर्घटनामा परेको मोटरसाइकलको हो वा अरू कसैले उद्धारको क्रममा छोडेको हो भन्ने स्पष्ट भएको छैन। मोटरसाइकललाई ताइ लाम चुङ मोटर भेहिकल डिटेन्शन सेन्टरमा लगेर जाँच गरिदै छ।

यो घटनाको अनुसन्धान न्यू टेरिटोरिज नर्थ रिजनको ट्राफिक डिपार्टमेन्टको विशेष अनुसन्धान टोलीले गरिरहेको छ। प्रहरीले दुर्घटना देख्ने वा कुनै जानकारी भएका व्यक्तिहरूलाई ३६६१३८०० मा सम्पर्क गर्न अपील गरेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

127333