अपडेटः हङकङमा आँधीको खतरा: सिग्नल नं. ३ जारी..!

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ९ नोभेम्बर। आज दिउँसो ३:४० बजे हङकङ वेधशालाले प्रबल हावा संकेत नं. ३ जारी गरेको छ। यसले ४१ देखि ६२ किलोमिटर प्रति घण्टाको औसत गतिमा हावा चल्ने संकेत गर्दछ।

-

अधिकारीहरूले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। हावाले उडाउन सक्ने वस्तुहरूलाई सुरक्षित रूपमा बाँध्न वा घरभित्र राख्न सल्लाह दिइएको छ। यसैगरी, समुद्री किनारबाट टाढा रहन र जल क्रीडामा संलग्न नहुन पनि अनुरोध गरिएको छ।

मौसम विज्ञहरूका अनुसार यो अवस्था केही समयसम्म रहन सक्ने भएकोले सबैलाई सतर्कता र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।





Comments

comments

127590