हङकङमा तीन घरेलु कामदारले फोहोर फाल्ने स्थानबाट फालिएको मासु टिपेर लगेको घटनाले मानिसहरू चकित..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ नोभेम्बर। हङकङको एक फोहोर फाल्ने स्थानमा तीन जना विदेशी घरेलु कामदारले फालिएको जमेको मासु खोजेर लगेको घटनाले सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ। सोमबार एक नेटिजनले यो चकित पार्ने घटनाको भिडियो अनलाइनमा सार्वजनिक गरेका थिए।

अनलाइनमा प्रसारित एउटा भिडियोमा तीन जना कामदारले हङकङ आईल्याण्डको एक फोहोर संकलन केन्द्रमा रहेको कन्टेनरबाट फोहोर खोतल्दै गरेको देखिन्छ। दुई जनाले म्याद सकिएको जमेको मासु भएका प्याकेटहरू अर्को कामदारलाई दिँदै गरेको देखिन्छ।

भिडियोमा एक जना कामदारले पञ्जा नलगाईकन फोहोरको कन्टेनरबाट कम्तीमा १० वटा मासुका प्याकेट निकालेको देखिन्छ।

फेसबुकमा अपलोड गरिएको भिडियोले नेटिजनहरूमाझ कामदारहरूको मनसायबारे शंका उत्पन्न गराएको छ। धेरैले उनीहरूले पसलबाट मासु किन्नुको साटो फोहरबाट निकालेर आफ्नो मालिकलाई छल्न खोजेको हुनसक्ने आशंका गरेका छन्। तर केही नेटिजनहरूले भने यो भिडियोले मात्र कामदारहरूको मासुसम्बन्धी मनसाय निष्कर्ष निकाल्न पर्याप्त प्रमाण नदिने तर्क गरेका छन्।





Comments

comments

127669