क्वुन टोङमा ५ लाख हङकङ डलरको लुटपाट: इन्डोनेसियाली पुरुष पक्राउ, महिला फरार..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ नोभेम्बर। हङकङको क्वुन टोङ क्षेत्रमा एक लुटपाटको घटना भएको छ। एक व्यक्तिले बोकेको ५ लाख हङकङ डलर एक जोडी चोरले लुट्ने प्रयास गरेको थियो। घटनामा संलग्न इन्डोनेसियाली पुरुषलाई प्रहरीले पक्राउ गरेको छ भने महिला फरार भएकी छिन्।

घटनाको विवरण अनुसार, हिजो दिउँसो मा थरका एक ४६ वर्षीय व्यक्तिले आफ्नो २८ वर्षीय कर्मचारीलाई बैंकबाट चेक भुक्तानी गर्न पठाएका थिए। कर्मचारीले ५ लाख हङकङ डलर झोलामा राखेर फर्किंदै गर्दा, हङ टो रोडस्थित हङ ताई औद्योगिक भवनको लबीमा दुई जना अपरिचित व्यक्तिले उनलाई पछ्याए। त्यसपछि एक पुरुषले कर्मचारीको झोला खोसेर पैसा लुट्ने प्रयास गर्यो।

स्थानीय जनताको सहयोगमा पुरुष अपराधीलाई नियन्त्रणमा लिइयो, तर अर्की महिला फरार हुन सफल भइन्। प्रहरीले घटनास्थलबाट ३७ वर्षीय इन्डोनेसियाली पुरुषलाई पक्राउ गरेको छ र उनलाई “डकैती” को आरोपमा अनुसन्धान गरिँदैछ। प्रहरीले फरार महिलाको खोजी जारी राखेको छ।





Comments

comments

127674