नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको भाडादरमा छुट: हङकङ गन्तव्यमा कति..?

न्युज डेस्क / एचकेनेपाल डट कम –
काठमाडौं, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडानहरूमा नयाँ छुट योजना घोषणा गरेको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार, यो छुट योजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने परिस्थितिमा बढेको हवाई भाडाको समस्यालाई सम्बोधन गर्न ल्याइएको हो। उनले भने, “हामीले यात्रुहरूको चिन्तालाई ध्यानमा राखेर यो कदम चालेका हौं।”

छुट योजना अनुसार, भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर जस्ता गन्तव्यहरूमा २ हजार ५ सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ। त्यसैगरी, दुबई, दोहा, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता जस्ता लामो दूरीका गन्तव्यहरूमा ५ हजार रुपैयाँसम्मको छुट प्रदान गरिनेछ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

127852