क्यानडाबाट फर्केका श्रीमान-श्रीमती सिनामंगलमा होटलमा मृत फेला..

काठमाडौं। राजधानीको सिनामंगलस्थित जन्मभूमि होटलमा एक दम्पती मृत फेला परेका छन्। आइतबार बिहान जन्मभूमि होटलको कोठामा श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका हुन्।

-

मृतक दम्पतीको पहिचान खुलेको छ। मृत्यु हुनेमा सुनसरी घर भएका ३४ वर्षीय रमेश माझी र मोरङ घर भएकी २९ वर्षीया शर्मिला माझी रहेका छन्। दुवै जना क्यानडाबाट शनिबार मात्र नेपाल फर्किएका थिए।

प्रहरीका अनुसार उनीहरु शनिबार साँझ करिब ७ बजे होटलको चौथो तल्लाको कोठा नम्बर १२० मा बसेका थिए। दुवै जनाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाको जानकारी पाएलगत्तै महानगरीय प्रहरी परिसर, वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगी अनुसन्धान थालेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





Comments

comments

127905