न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ नोभेम्बर। युन लङको सान वाई सुएनमा रहेको एक अपाङ्ग स्याहार केन्द्रमा मंगलबार एक २० वर्षीय युवक घाँटी काटिएको अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार बिहान करिब ११ बजे स्याहार केन्द्रका कर्मचारीहरूले घटनाबारे जानकारी दिएका थिए। ५६ वर्षीय व्यक्तिले धारिलो हतियारले २० वर्षीय युवकको घाँटीमा प्रहार गरेको बताइएको छ।
घाइते युवकलाई तत्काल ट्युन मुन अस्पताल लगिएको छ। आक्रमणकारी ५६ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।