आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेका छन् । आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबिच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।

गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेका छन् । आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेका थिए । सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन् ।

उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका रहेका थिए भने बाजे लोकबहादुर तामाङ लोकगायक रहेका थिए । आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित रहेका छन् ।

नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताए । रासस





Comments

comments

128020