Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल–चीन घनिष्ट भएकोमा भारतलाई टेन्सन

भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले चीनसँग नेपालको बढ्दो घनिष्टताप्रति चिन्ता व्यक्त गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल दुई वर्ष पुगेको अवसरमा कंग्रेसले शनिबार प्रकाशन गरेको ‘मोदी सरकारको असफल प्रतिबद्धता र झुटका दुई वर्ष’ शीर्षकको पुस्तिकामा चीनसँग नेपालको सम्भावित रोड तथा रेल लिंकप्रति पनि चिन्ता व्यक्त गरिएको छ।

‘चीनसँग नेपालको बढ्दो निकटता एवं खुल्नसक्ने सम्भावित रोड तथा रेल लिंक बढ्दो चिन्ताको विषय हो,’ पुस्तिकामा उल्लेख छ । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला १० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । भ्रमण बेला अन्तरदेशीय सडक तथा रेल सञ्जाल निर्माण, अरनिको राजमार्ग र स्याफ्रुवेसी–रसुवागढी राजमार्ग सञ्चालनमा ल्याउन र मर्मत सम्भार गर्न, किमाथान्का–खाँदबारी–धनकुटा सडक निर्माण गर्न पनि चिनियाँ पक्ष सहमत भएको थियो ।

पछिल्ला दिन नेपालको सम्बन्ध चीनसँग बढ्नुलाई कंग्रेसले मोदी सरकारको असफलताको रूपमा लिएको छ । नेपालको सम्बन्ध चीनसँग बढ्न दिन नहुने र नेपालले चीनसँग सडक तथा रेल सम्पर्क पनि विस्तार गर्न नहुने आशय पुस्तिकामा व्यक्त गरिएको छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12804