न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० डिसेम्बर। ९० वर्षीय वृद्ध वु सिहु आइतबार ताइपोको वुक काउ टेङ पर्वतीय क्षेत्रमा हराएका थिए। उनलाई आज दिउँसो सचेत अवस्थामा फेला पारी अस्पताल लगिएको छ।
वोङ ताई सिनको चुक युएन रोडमा बस्ने ९० वर्षीय वु सिहु आइतबार बिहान हिँडडुल गर्न निस्किएका थिए। परिवारले आज प्रहरीमा उजुरी दिएपछि खोजी टोलीले उनलाई ताइपोको वुक काउ टेङ क्षेत्रमा हराएको अनुमान गरेको थियो।
दिउँसो करिब १२ बजे वुक काउ टेङ पार्किङमा खोजकर्ताहरू भेला भई पहाडतर्फ खोज्न गएका थिए। ड्रोन र सरकारी हेलिकप्टरको सहयोगमा खोजी गरिएको थियो। दिउँसो करिब ३ बजे जिउदान रेन्ट नजिकै उनलाई फेला पारिएको हो। उनी सचेत अवस्थामा थिए र परीक्षणका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको छ।
जानकारी अनुसार, उनी आइतबार हाइकिङ टोलीसँग वु काउ टेङमा भेला भई सी लाउ कोङतर्फ हिँडेका थिए। उनी करिब १ घण्टा ढिलो आइपुगेका र टोली अगाडि बढिसकेको थियो। उनले मार्क हेरेर एक्लै हिँडेका र परिवारलाई फोन गरी आफू कहाँ छु भन्ने थाहा नभएको बताएका थिए, जसले परिवारलाई चिन्तित बनाएको थियो।